सप्तरीको राजनीतिमा नयाँ आशा र भरोसाका रूपमा मोहम्मद जियाउल रहमान उदाएका छन्। समयले खोजेको नेतृत्व र युवाहरूको ढुकढुकीका रूपमा परिचित रहमान सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट एकल युवा उम्मेदवारका रूपमा सिफारिस हुँदै अघि बढिरहेका छन्।

file_0000000003ec71fdaa1d73b259ed15cd (1)

मधेशको समसामयिक राजनीतिमा युवाको आवाज र संगठनात्मक क्षमताको प्रतीकका रूपमा रहमान सक्रिय रहँदै आएका छन्। नेकपा (एमाले) का संघर्षशील तथा क्रियाशील युवा नेताका रूपमा परिचित उनले पार्टी तथा विभिन्न जनसंगठनहरूमा लामो समयदेखि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।


पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका रहमान अनुशासित, इमानदार र जनतासँग नजिक रहने नेताका रूपमा परिचित छन्। उनले राष्ट्रिय युवा संघ नेपालका विभिन्न तहमा रही संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।


युवाको ढुकढुकी, संगठनको मेरुदण्ड र समावेशी सोच बोकेका मोहम्मद जियाउल रहमानलाई हाल सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट जिल्लाको भविष्य निर्माण गर्ने भरोसायोग्य एकल युवा विकल्पका रूपमा हेरिन थालेको छ।

file_00000000048c71fd9c3986b1f8810cc7

आगामी २०८२ साल फागुन २१ गते हुने संघीय प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी, सप्तरीबाट सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिन्छ।