दोहा, कतार । कतारका पूर्व अमिर तथा ‘फादर अमिर’ शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न कतारस्थित नेपाली समुदायले समवेदना सभा आयोजना गरेको छ। कार्यक्रममा नेपाली कम्युनिटी कतार तथा एनआरएनए एनसीसी कतारको सहभागिता रहेको थियो।

सभामा सहभागीहरूले स्वर्गीय शेख हमादप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आधुनिक कतार निर्माण र विकासमा उहाँले पुर्याएको योगदानको स्मरण गरेका थिए। साथै कतारका अमिर, शाही परिवार तथा सम्पूर्ण कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

कार्यक्रममा कतारमा रहेका नेपाली समुदायका अगुवा, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। श्रद्धाञ्जली सभामार्फत नेपाली समुदायले कतारप्रति सम्मान र ऐक्यबद्धता प्रकट गरेको आयोजकले जनाएको छ

















