राजविराज, ३ भदौ । पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पवित्र जन्मोत्सव मिलादुन्नबी को अवसरमा मुस्लिम समाज राजविराज, सप्तरीले बृहत् र्याली आयोजना गर्ने भएको छ।
मिलादुन्नबीको तयारीका लागि राजविराज नगरपालिका वडा नं. ३ (हाल वडा नं. ४) स्थित नुरी–जामा मस्जिदको प्राङ्गणमा आयोजित बृहत् बैठकबाट र्याली आयोजना गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार आगामी २०८३ भदौ १० गते बुधबार बिहान ८:०० बजे नुरी–जामा मस्जिदको प्राङ्गणबाट र्यालीमा सहभागी हुन सप्तरी जिल्लाका सम्पूर्ण मुस्लिम समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा युवाहरूलाई आह्वान गरिएको छ।
शान्ति, सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको र्यालीलाई सभ्य र भव्य रूपमा सफल बनाउन आयोजकले सम्पूर्ण महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।
आयोजकका अनुसार र्यालीमा DJ तथा बाजा पूर्ण रूपमा प्रतिबन्धित रहनेछ। र्यालीलाई शान्तिपूर्ण, अनुशासित तथा सद्भावपूर्ण रूपमा सम्पन्न गरिने जनाइएको छ।
आयोजक : मुस्लिम समाज राजविराज, सप्तरी


















