अस्पतालबाट डिस्चार्ज भएपछि माजिद अन्सारीको अपिल: ‘प्रहरी यातनाविरुद्ध कानुनी लडाइँ लड्नेछु’
काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता तथा कानुनका विद्यार्थी माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई कीर्तिपुरमा प्रहरीले गैरकानुनी रूपमा नियन्त्रणमा लिएर कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाएका छन्।
अन्सारीले उपचारका क्रममा पनि दबाब र धम्कीको सामना गर्नुपरेको दाबी गर्दै आफ्नो साथमा उभिएका कानुन व्यवसायी, मानव अधिकार आयोग, पत्रकार, विभिन्न मानव अधिकार संस्था, जेनजी आन्दोलनका साथीहरू तथा नागरिक समाजप्रति आभार व्यक्त गरेका छन्।

डाक्टरको सल्लाहअनुसार केही दिन पूर्ण बेड रेस्टमा रहने उनले स्वास्थ्य सामान्य भएपछि सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने र आफूविरुद्ध भएको भनिएको प्रहरी यातनाको विषयमा कानुनी लडाइँ अगाडि बढाउने बताएका छन्।

















