छिन्न्मस्ता गाउँपालिका वडा नम्बर–५ स्थित राष्ट्रिय प्राथमिक विद्यालय मा विद्यालय व्यवस्थापन समितिको चुनाव सफलतापूर्वक सम्पन्न भएको छ।
स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको उत्साहजनक सहभागितामा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
सम्पन्न मतगणनाबाट श्रद्धा कुमारी दास र अमृता कुमारी कामैत यसअघि नै विजयी घोषित भइसकेका थिए। बाँकी पदका लागि तीन जना उम्मेदवारको मत बराबर आएपछि आपसी सहमति र छलफलमार्फत समाधान निकालिएको थियो। सहमतिअनुसार भुवन प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिँदै बाँकी दुई जनालाई समर्थन गरेपछि चन्द्रानन्द मिश्र र श्रवण कुमार शर्मा विजयी घोषित भएका हुन्।
यसरी सम्पन्न चुनावबाट विद्यालय व्यवस्थापन समितिका सदस्यका रूपमा श्रद्धा कुमारी दास, अमृता कुमारी कामैत, चन्द्रानन्द मिश्र र श्रवण कुमार शर्मा चयन भएका छन्।
सहमति र समझदारीका आधारमा नतिजा टुंग्याइएकाले निर्वाचन प्रक्रिया पारदर्शी, शान्तिपूर्ण र सफल भएको विद्यालय प्रशासनको भनाइ छ। नवनिर्वाचित सदस्य चन्द्रानन्द मिश्रले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने बताउनुभएको

















