सप्तरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट मोहम्द जियाउल रहमानले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयमा पुगेर उनले आवश्यक कागजातसहित मनोनयन पत्र दर्ता गराएका हुन्। यस क्रममा समर्थक, स्थानीय अगुवा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रहमानले क्षेत्रको समग्र विकास, सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र कृषि क्षेत्रका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने बताए।
“राजनीति जनताको सेवा गर्ने माध्यम हो। युवालाई रोजगारी, किसानलाई उचित मूल्य र आधारभूत पूर्वाधारको विकासमार्फत जनताको जीवनस्तर उकास्नु मेरो लक्ष्य हो,” उनले भने।
समर्थकहरूले रहमानको उम्मेदवारीले क्षेत्रमा नयाँ आशा र ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन्। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको सक्रियतासँगै सप्तरी–२ मा चुनावी माहोल तातिँदै गएको छ, जसले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

















