सप्तरी — श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्डमा प्रदान गरिने बेस्ट मेयर अवार्डका लागि छिन्नमस्ता गाउँपालिका का मेयर विद्यानन्द चौधरी चयन हुनुभएको छ।
स्थानीय तहको सुशासन, विकास निर्माण, सामाजिक समावेशिता तथा जनउत्तरदायी नेतृत्वमा पुर्याउनुभएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई उक्त अवार्डका लागि छनोट गरिएको जानकारी प्राप्त भएको छ।
मेयर चौधरीको नेतृत्वमा छिन्नमस्ता गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताइन्छ। यस अन्तर्राष्ट्रिय अवार्डका लागि चयन हुनु गाउँपालिका का लागि मात्र नभई सम्पूर्ण जिल्ला तथा देशकै लागि गौरवको विषय भएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

















