जेठ २६ गते मङ्गलबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले डा. विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ, जसमा तदर्थ समितिको सदस्यको रूपमा मोहम्मद आयतुल्ला रहमान लाई पनि चयन गरेको छ।


२०६३ सालमा जुनियर रेडक्रस सर्कलदेखि नै मानवीय संस्था रेडक्रसमा निरन्तर योगदान गर्दै आएको रहमान जस्तो निःस्वार्थ भावनाले प्रेरित युवामाथि विश्वास गरी चयन गरेकोमा वर्तमान सरकारप्रति रहमानले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।


रहमान को लागि आएको सम्पूर्ण जिम्मेवारी इमानदारीपूर्वक, समर्पित भावनाका साथ अहोरात्र खटिएर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नेपाल रेडक्रस सोसाइटीको मानवीय अभियानलाई अझ प्रभावकारी, विश्वसनीय र सेवामुखी बनाउन आफ्नो तर्फबाट पूर्ण योगदान रहने विश्वास दिलाएका छन्।


 सबै अग्रज, शुभेच्छुक तथा साथीभाइहरूको निरन्तर साथ, सहयोगको अपेक्षा समेत गरेका छन्।