काठमाडौं, २७ असार। काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डुबानमा परेका सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

नियन्त्रणमा परेका माजिद अन्सारीले आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको र कुटपिट गर्दै नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनका अनुसार उक्त क्रममा उनको नाकबाट रगतसमेत बगेको थियो।

हाल माजिद अन्सारीसहित पक्राउ परेकाहरूलाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। प्रहरी पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।