सुनसरी । कोशी ब्यारेजमा पानीको बहाव लगातार बढ्दै खतरा तहमा पुगेको छ। पछिल्लो विवरणअनुसार ब्यारेजमा १ लाख ७३ हजार क्युसेक पानी प्रवाह भइरहेको छ। पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ। नदी आसपासका क्षेत्रका स्थानीयलाई सुरक्षित रहन र आधिकारिक सूचना तथा निर्देशनको पालना गर्न अनुरोध गरिएको छ।

















